Logo

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त



मोरङ, २२ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रुपेश कोइरालालाई नियुक्त गरेका छन् ।

कोइरालालाई आइतबार नै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।

विराटनगर-९का बासिन्दा कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वअध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्