विराटनगर, ८ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा नेकपा एमालेकै सरकार बन्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले कोशी प्रदेमा नेपाली कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताएका हुन् ।
उनले भने ‘संविधान मान्ने र लोकतान्त्रिक भनिने कांग्रेस जस्तो पुरानो पार्टीले संविधान नमान्दा अचम्म लागेको छ ।’
संविधान नमान्ने भनेर हिंडेको माओवादी भन्दा पनि कांग्रेसको क्रियाकलापले नियमको खिल्ली उडेको बताए ।
गठबन्धनले असंवैधानिक गतिविधि गरेको भन्दै ओलीले गठबंधनले गर्ने गलत कामको एमालेले समर्थन गर्न नसक्ने बताए । उनले कोशी प्रदेशमा एमालेको सरकार बन्ने र ५० सांसदले समर्थन गर्ने बताए ।







