काठमाडौँ, २२ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कोशी प्रदेशमा गठन भएको नयाँ सरकार संविधान र लोकतन्त्र विरोधी हर्कत भएको बताएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै कोशी प्रदेशको हर्कतलाई कसरी जायज ठहर्याउन सकिन्न भन्दै प्रश्न गरेका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टाईले ट्वीटरमा लेखेका छन् ः हिजो के पी ओलीले संविधान विपरित काम गरे भनेर हामीले संयुक्त आन्दोलन गर्यौस अदालत र जनताले पनि साथ दिएर हामीले प्रतिगमन रोकियो भन्यौं ! आज तिनै साथीहरू नै एकपछि अर्को संविधान र लोकतन्त्रविरोधी हर्कत गर्दै जाने हो भने अब संविधान र लोकतन्त्रको रक्षा कसले गर्छ ? १ नं प्रदेशको हर्कतलाई कसरी जायज ठहर्याउन सकिन्छ ? जो अगुवा उही । ?
कोशी प्रदेशमा सत्ता गठबन्धनले सभामुखलाई हस्ताक्षर गर्न लगाएर बहुमत सावित गरेर नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन गरेको छ । नेकपा एमालले नयाँ सरकार गठनलाई असंवैधानिक कदम भनेको छ । प्रदेश सभामा एमाले राप्रपाको ४६ र सत्ता गठबन्धनको ४६ सदस्य रहेका छन् । माओवादी केन्द्रबाट निर्वाचित सभामुखलेसमेत हस्ताक्षर गरे ४७ संख्या पुर्याएर नयाँ सरकार गठन भएको छ ।
डा. भट्टराईले कोशी प्रदेश नलेखर प्रदेश नं. १ लेखेर छन् । कोशी प्रदेश उल्लेख नगर्नुले डा भट्टाईले जनजातिको आन्दोलनलाई समर्थन गरेको देखिन्छ ।





