विराटनगर, १५ असार । कोशी प्रदेशसभाको बिहिवार स्थगित विशेष अधिवेशनको बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने भएको छ ।
प्रदेशसभाको बिहिवार बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरि बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो । बेलुकी ९ः३० बजे प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जारी अर्को सूचनामा आज ११ बजे बस्ने गरी बैठक स्थगन गरिएको थियो ।
कोशी प्रदेश प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ ।





