विराटनगर, २७ असोज । नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन् ।
सत्ता गठबन्धनको निर्णय विपरीत काँग्रेसका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिएका हुन् ।
उनले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको बताएका छन् ।








