Logo

कोशी प्रदेश खारेजीको माग गर्दै प्रदर्शन, प्रहरीद्वारा अश्रुग्याँस र हवाइ फायर



विराटनगर, ५ चैत । प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गरी विराटनगर गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको छ । आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गरेका छन् ।

सङ्घर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय घेराउ कार्यक्रम राखेको थियो । प्रदर्शनकारी रोडशेषमा पुगेपछि निशेधित क्षेत्र तोडेको भन्दै प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले केही राउण्ड हवाइ फायरसमेत गरेको प्रदर्शनकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्