विराटनगर, १७ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिने भनिएको शपथ ग्रहण कार्यक्रमको समय सरेको छ ।
आज अर्थात बुधबार १०:३० बजे लिने भनिएको शपथ ग्रहणको कार्यक्रम ५ बजे सरेको छ ।
मन्त्रालय टुंगो लगाउने विषयले शपथ ग्रहण कार्यक्रमको समय सरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
यसअघि बिना विभागीयमन्त्री बनाउने गठबन्धनको निर्णय भए पनि आज मन्त्रालय नै टुंगो लगाउने भन्ने कुरा आएपछि समय सरेको उनले बताए । उनले भने, ‘गठबन्धनको बैठक बसेर फाइनल गर्छौं ।’
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मङ्गलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।







