झापा, १० वैशाख । कोशी प्रदेश र पहाडी क्षेत्रमा आज वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् गंगा नगरकोटीका अनुसार दिउँसो पछि कोशी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ ।
काठमाडौँमा भने पानी पर्ने सम्भावना नरहेको उनले बताए । उनका अनुसार काठमाडौँ उपत्यकामा बादल लागेर मौसम बदली भए पनि पानी पर्ने सम्भावना छैन ।
यस्तै, आज तराईका जिल्लामा हावाहुरी चल्ने अनुमान गरिएको छ । नेपालमा अहिले स्थानीयसँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।







