विराटनगर, २४ भदौ । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ ।
दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि हिक्मतकुमार कार्कीले शुक्रवारको पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।
सरकारले सिफारिस गरेको कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका छन् ।
यसअघि कार्की नेतृत्वको सरकारले नै गएको जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो । भदौ ११ देखि कोशी प्रदेशमा बजेट शून्यता थियो ।








