Logo

कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा



काठमाडौँ, २४ असार । कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

आइतबार सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएकोमा समयअभावका कारण हेर्न नभ्याइने भएको जनाइएको छ ।

नवनियुक्त मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले सर्वोच्चमा शुक्रबार वारेसमार्फत रिट दर्ता गराएको थियो । रिटमा नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

थापा चार दलको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गराएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेशको मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्