काठमाडौँ, ७ साउन । कोशी प्रदेश सरकार गठनको विषयमा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आजदेखि बहस हुने भएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले असार २७ गते दिएको निर्देशन अनुसार आजदेखि बहस हुन लागेको हो ।
न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेस गरे पछि आजदेखि कोशी सरकारको वैधानिकतामा बहस सुरु हुन लागेको हो ।
सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंवैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ ।







