Logo

कोशी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने



काठमाडौँ, २१ भदौ । कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा प्रतिवादीको बहस आज पनि जारी रहने भएको छ ।

निवेदक पक्षको बहस सकिएपछि प्रतिवादीको बहस सुरु भएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा निरन्तर सुनुवाइ भएको थियो ।

मंगलबारबाट प्रतिवादी कोशी प्रदेश सरकार पक्षको बहस भएको थियो । आज आदेश हुन सक्ने सम्भावना समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्