काठमाडौँ, २७ असार । कोशी सरकारविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ सकिएको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको रिटमा आजै आदेश आउने तयारी रहेको छ । यसअघि तीनपटक सुनुवाइ तोकिएको भएपनि हेर्न नभ्याउने हुँदै स्थगीत भएको थियो । आज न्यायाधीश मल्लको इजलासमा सुनुवाइ भएको छ ।
गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो । कोशीका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन् ।
रिटमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्ति गर्ने निर्णय अन्तरिम आदेश जारी गरी कार्यन्वयन नगर्न माग गरिएको छ ।





