काठमाडौँ, ९ साउन । कोशी प्रदेश सरकारको वैधानिकताविरुद्ध परेको रिटमाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा छलफल हुने भएको छ ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापा सभामुख बाबुराम गौतमसमेत समर्थन मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सर्वोच्च अदालतमा सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको सुनवाइमा रिट पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । त्यही आदेशले आज पूर्ण इजलासमा बहस हुने भएको हो ।







