Logo

कोशी सरकार अहिले पनि कामचलाउ अवस्थामै छ: थापा



फाइल तस्बिर

विराटनगर, २२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकार अहिले पनि कामचलाउ अवस्थामै रहेको बताएका छन् ।

राजनीतिक तरलता अन्त्य गर्दै दलहरु मिलेर अघि बढे सरकार स्थिर बन्ने भन्दै उनले यसको लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान हस्तान्तरण कार्यक्रममा सोमबार बोल्दै थापाले भने, “सरकारले अझै पूर्णता प्राप्त गरेको छैन । त्यसैले हामी कामचलाउ अवस्थामै काम गरिरहेका छौँ ।” थापाले प्रदेश सरकार जनताको सेवामा दत्तचित्त भएर कार्य गर्न अग्रसर रहेको सुनाएका हुन् ।

प्रदेशमा विपद् जोखिम कम गर्न अझ धेरै काम गर्न बाँकी रहेको भन्दै उनले स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकारका तर्फबाट सहयोग निरन्तर हुने बताए । “सरकारले त्यसमा ध्यान दिएको छ । बाढी पहिरो जस्ता समस्यासँग जुध्न अझै धेरै काम हुनुपर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्