Logo

कोसीको उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं, ५ मंसिर । आज पनि देशभरको मौसम सफा रहने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाका हनसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।

कोसी प्रदेशका हिमाली भागका एकदुई स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने अनुमान महाशाखाले गरेको छ।

प्रतिक्रिया दिनुहोस्