Logo

कोशी प्रदेशको नीति तथा कार्यक्रम भोलि आउने



विराटनगर, ३० जेठ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम भोलि (जेठ ३१ गते) ल्याउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार दिउँसो १ बजे सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई अनुरोध गरेको छ ।

यसबारे जानकारी गराउँदै तयारी गर्न प्रदेशसभा सचिवालयलाई समेत अनुरोध गरिएको सरकारका प्रवक्ता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि सरकारले बजेट अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । विपक्षी चार दलले अध्यादेशबाट बजेट नल्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्