Logo

क्यानको बोर्ड बैठक बस्दै



काठमाडौँ, १७ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक आज बस्दैछ ।

यो बैठकमा १७ वटा एजेण्डामा छलफल हुनेछ ।

मुख्य एजेण्डा नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय रहेको छ ।

सन्दीपको फुकुवा गर्ने एजेण्डामा क्यानको आलोचना पनि हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्