क्यानडा, १० साउन । क्यानडामा एक बन्दुकधारीले शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
त्यस्तै प्रहरीको जबाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् ।
‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका थिए’ लाङ्लीका प्रहरी प्रमुख गालिब भयानीले पत्रकार सम्मेलनमा भने । बन्दुक हमलामा गोली लागेकी महिलाको अवस्था गम्भीर रहेको र चौथो व्यक्तिको खुट्टामा गोली लागेको उनले बताए ।
पीडित र संदिग्धहरूको पहिचान गर्न र तिनीहरूबीचको सम्भावित सम्बन्धबारे अध्ययन गरिरहेको प्रहरीले जनाएको छ ।