Logo

क्यानडामा बस र ट्रक ठोक्किँदा पन्ध्र जनाको मृत्यु



क्यानडा, १ असार । क्यानडाको मनिटोबास्थित कारबेरी सहर नजिकै सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

मनिटोबाका सुरक्षा सहायक आयुक्त रोब हिलले दुर्घटनाबारे पत्रकारहरूलाई जानकारी दिँदै बसमा सवार २५ जना ज्येष्ठ नागरिकमध्ये गम्भीर घाइेत भएका १० जनालाई तत्काल अस्पताल भर्ना गरिएको बताए ।

दुर्घटनाग्रस्त बस पश्चिमी मनिटोबा सहर डाउफिनतर्फ गइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्