Logo

क्यानडामा मृत्यु भएका झापा बिर्तामोडका प्रसाईको तेह्र दिन पछी अन्त्यष्टी



झापा, २३ बैशाख । क्यानडामा मृत्यु भएका झापा बिर्तामोडका किरणबाबु प्रसाईको आज १३ दिन पछी उतै अन्त्यष्टी गरीएको छ ।

झापा बिर्तामोड-१ रामचौक निवासी ३७ वर्षिय प्रसाईको स्थानीय समय अनुसार बैशाख ११ गते बिहीवार राती निधन भएको थियो । प्रसाईको आज (मंगलबार) बेलुका विद्युतीय शवदाह गृहमा अन्त्यष्टी गरीएको जनाईएको छ ।

उनको अन्त्यष्टीका लागि परिवारको अपलि अनुसार एनआरएनए क्यानडाको सहयोगमा आर्थिक सहयोग संकलन गरीएको थियो ।

क्यानडाको टोरन्टो शहरमा बस्दै आएका प्रसाई सुतेकै अवस्थामा बैशाख १२ गते शुक्रवार बिहान मृत भेटिएका थिए । बिहीबार सामान्य अबस्थामै सुतेका प्रसाई बिहान मृत भेटिएको उनका साथीलाई उल्लेख गर्दै पारिवारीक श्रोतले जानकारी दिएको छ । बिगत सात वर्ष देखि क्यानडा बस्दै आएका प्रसाइको ह्रदयघातका कारण निधन भएको अनुमान गरीएको छ ।

बुबा विष्णुु र आमा मुना उप्रेती प्रसाईको एक्लो सन्तानका रुपमा रहेका प्रसाई क्यानडा जानु अघि दुुबईमा राजगारी गर्दै आएका थिए । उनको श्रीमती र पाँच बर्षिय छोरा समेत क्यानडामा बस्दै आएका थिए । विगत केही वर्ष देखि श्रीमतीसंग मनमुटाव भएपछी मृतक प्रसाई साथीहरुसंग छुट्टै बस्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्