क्यानडा, २ असोज । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक सिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका छन् ।
गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिर बाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो ।
क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा ‘विश्वसनीय’ सम्बन्ध पहिचान गरेको ट्रूडोले बताए ।
भारतले उक्त आरोपलाई ‘निरर्थक’ को संज्ञा दिएको छ ।
‘क्यानडाका नागरिकको क्यानडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनैखाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो,’ ट्रूडोले सोमवार क्यानडाको संसद् हाउस अफ कमन्समा बोल्दै भने ।
‘त्यो खुला र प्रजातान्त्रिक समाजले आफूलाई संचालन गर्ने आधारभूत नियमविपरीत कुरा हो । ‘ दिल्लीले निज्जरको हत्याको आरोपमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।







