काठमाडौँ, ८ फागुन । क्यानडासँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल ‘ए’ ले २४१ रनको लक्ष्य पाएको छ ।
मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो ।
क्यानडाका लागिका श्रेयास मोभाले सर्वाधिक ६८ रन जोडे भने नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए ।
बलिङतर्फ नेपालका लागि शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २-२ तथा बसिर अहमद र सागर ढकालले समान एक विकेट लिएका थिए ।