Logo

क्यानले २८ खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा, सन्दीप लामिछाने परेनन्



काठमाडौँ, १३ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ जना खेलाडी बोलाएको छ ।

क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको जनाएको छ ।

बलात्कारको आरोप लागेका सन्दीप लामिछाने भने बन्द प्रशिक्षणमा परेका छैनन् । त्रिवि क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

सिरिजको पहिलो खेलमा फेब्रुअरी १४ मा नेपालले नामिबियासँग खेल्नेछ । यस्तै नेपालले फेब्रुअरी १८ मा नामिबिया र २१ मा पुन: स्कटल्याण्डसँग खेल्नेछ ।

टीममा रहेका खेलाडी यस प्रकार छन्:

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्र सिहं ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा, शरद भेषवाकर, ललित नारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, सूर्य तामाङ, अबिनाश बोहोरा, विवेक यादव, भिम सार्की, मौसम ढकाल, कुशल मल्ल, अनिल शाह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी

प्रतिक्रिया दिनुहोस्