काठमाडौँ, १९ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिममा समावेश गर्ने भएको छ ।
क्यानले बलात्कारका आरोपी लामिछानेको निलम्वन बुधवार पुकुवा गरेको हो । तर, नेपाल सरकारका तर्फबाट महान्याधिवक्ताको कार्यालयले धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश बदर गरी थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न माग गरी आज सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।
नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ ।
लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित २० लाख रुपैयाँ नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो । निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशङ्का व्यक्त गरिएको छ ।
क्यानले राष्ट्रिय टिममा फर्काउने अधिकार खेलाडी छनोट समितिलाई दिइएको छ ।