अमेरिका, २८ असोज । अमेरिकाको उत्तरी क्यारोलिना राज्यमा भएको गोलीकाण्डमा ड्युटीमा रहेका प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
गोलाबारी बिहीबार साँझ राले सहरमा भएको थियो । जसमा अन्य दुई जना र केनाइन अफिसर घाइते भएको मेयर मेरी-एन बाल्डविनले जानकारी दिए ।
मेयरले सहरका बासिन्दाहरूलाई समुदायमा भयानक क्षति बेहोरेका र मारिएका प्रहरी अधिकारीको परिवारलाई समर्थन गर्न आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एनडोलु एजेन्सीले जनाएको छ ।







