Logo

क्यालिफोर्नियामा डुंगा पल्टिँदा आठ जनाको मृत्यु



क्यालिफोर्निया, २९ फागुन । क्यालिफोर्नियामा डुंगा पल्टिँदा आठ जनाको मृत्यु भएको छ ।

मानव तस्करीका लागि प्रयोग गरिएको डुंगा पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो ।

सान डिएगोको ब्ल्याक्स बीचमा डुंगा समस्यामा परेपछि खोजी सुरु गरिएको थियो । डुंगा दुर्घटनापछि एक महिलाले क्यालिफोर्नियाको आपतकालीन सेवामा फोन मार्फत आठ देखि १० जना सवार डुंगा पल्टिएको जानकारी गराएकी थिइन् ।

लगत्तै घटनास्थल पुगेका उद्धारकर्ताले आठ जनाको शवसहित पल्टिएका दुई डुंगा फेला पारेका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उद्धारकर्ताले कुनै जीवित व्यक्ति फेला पारेनन् । तर केहीले आपतकालीन सेवाहरू आइपुग्नु अघि समुद्र तट छोडेका हुन सक्ने अनुमान गरिएको छ । अधिकारीहरूले मृतकको राष्ट्रियता थाहा नभएको तर तिनीहरू सबै वयस्क भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्