काठमाडौँ, १३ पुस । काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बतात्कारको अभियोगमा दोसी ठहर गरेको छ । पीडित गौशाला २६ (परिवर्तित नाम) को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई बलात्कार गरेको देखिएको ठहर गरेको छ ।
अदालतले पीडित १८ १८ वर्ष उमेर पुगेकी रहेको ठहर गरेको छ । अदालतले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र ३ (ङ) बमोजिमको कसुर गरेको ठहर गरेको छ । पीडित नाबालिग नभएको पुष्टि भएकाले सोही संहितको २१९ (३) (घ) बमोजिमको कसुर भनेर हुन नसक्ने अदालतले ठहर गरेको छ ।
अदालतले सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोक्न आदेश दिएको छ भने सो अगाडि वादी, प्रतिवादी तथा जोहरवाला पक्षका कानुन व्यवसायीबाट सजाय पूर्वको प्रतिवेदन तथा पीगितलाई भराउनुपर्ने क्षतिपूर्तिको रकम र सोको आधारमा पेश गर्न पनि आदेश दिएको छ ।
तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो भने असोज २० मा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।
आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख थियो । सोही जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।







