
काठमाडौं, भदौ २८ गते। प्रहरीले क्रिप्टो कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार क्रिप्टो कारोबार गर्ने स्टारब्वाइ सोलुसनका सञ्चालकद्वय स्थायी घर पर्व नवलपरासी, गैंडाकोट नगरपालिका भएका २२ वर्षीय प्रज्ञान रिमाल र स्थायी घर बागलुङ भई हाल काठमाडौं तारकेश्वर बस्ने २० वर्षीय आयुष शर्मा पक्राउ परेका छन्।
प्रहरीका अनुसार रिमालबाट एक थान मोबाइल र शर्माबाट दुई थान मोबाइल र दुई थान ल्यापटप बरामद गरिएको छ।
उनीहरुमाथि अभौतिक मुद्दाको प्रयोग गर्न नहुने कसुर अन्तर्गतको मुद्दामा भदौ २७ गते काठमाडौं जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







