Logo

क्लब विश्व कप फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई



बेलायत, ७ पुस । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

गएराति साउदी अरबमा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४-० गोलले हराउँदै सिटीले पहिलो पटक यो उपाधि जितेको हो ।

सिटीको जितमा जुलियन अल्भारेजले २ तथा फिल फोडेनले १ गोल गरे । उसले थप १ गोल उपहार पाएको थियो ।

योसँगै सिटीले सन् २०२३ मा पाँच वटा उपाधि जित्न सफल भएको छ । सिटीले यसअघि प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग र सुपर लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्