Logo

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित



काठमाडौँ, ३ वैशाख । खराब मौसमका कारण आन्तरिक उडान प्रभावित भएका छन् ।

बाक्लो तुवाँलोका कारण भिजिबिलिटी घट्दा पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान उडान अवतरण ठप्प भएको सिमरामा भने अघि बिहान पौने ११ बजेदेखि उडान सुरु भएको छ ।

पोखरा, भरतपुर र सङ्खुवासभाको तुम्लिङटारमा भने अहिले पनि उडान अवतरण हुन सकेको छैन । मौसम सफा भएपछि मात्रै उडान हुने विमानस्थल कार्यालयले जनाएको छ । वायु प्रदूषणका कारण उडान अवतरण प्रभावित भएको हो ।

प्रतिक्रिया दिनुहोस्