Logo

खराब मौसमका कारण दिल्लीका उडानहरू प्रभावित



दिल्ली, २३ पुस । इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल दिल्लीबाट हुने करिब ३४ आन्तरिक उडानहरू खराब मौसमका कारण प्रभावित भएका छन् ।

शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू प्रभावित भएका छन् जसका कारण उडानमा विलम्ब भएको छ ।

केन्द्रीय राजधानी सहित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा अवरोध भएको छ जसमा विभिन्न गन्तव्यबाट विमानस्थलमा १२ भन्दा बढी आगमन उडानहरू पनि ढिलो भएका छन् ।

प्रतिक्रिया दिनुहोस्