Logo

खराब मौसमका कारण हवाई उडान अस्तव्यस्त



काठमाडौँ, २० असोज । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ ।

निरन्तरको झरीले गर्दा भिजिबिलिटी कम हुँदा आन्तरिक र बाह्य उडान प्रभावित भएका छन् ।

आन्तरिकतर्फ एक दर्जन उडान रद्द भएका छन् भने कैयौँ उडानमा ढिलाइ भएको छ । पोखरा जानेमात्रै सात वटा आन्तरिक उडान रद्द भएका छन् । बिहीवार दिनभरि नै मौसम खुल्ने सम्भावना नरहेकाले अझै धेरै उडान रद्द हुन सक्ने विमानस्थलले जनाएको छ ।

अन्तर्राष्ट्रियतर्फका जहाज पनि आकाशमै घुम्नुपरेको छ । कतार एअरवेजका दुई जटा जहाज, ड्रुकक एअर, एअर अरेबिया, फ्लाई दुबईलगायतका जहाज आकाशमा धेरैबेर फन्को लगाएपछि मात्रै अवतरण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्