Logo

खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य बढ्यो



भारत, २६ जेठ । भारत सरकारले खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य बढाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य वृद्धिको घोषणा गरेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

सरकारले २०२२-२३ का लागि १७ वटा बालीको न्यूनतम मूल्य बढाएको छ । ती बालीहरुमा यस अघि सन् २०१८-१९ को तोकिएको मूल्य अन्तर्गत औसत लागत मूल्यको कम्तीमा ५० प्रतिशत मूल्य बढेको छ । तेलहन, दलहन र खस्रो अन्नको मूल्य धेरै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्