झापा, २७ पुस । झापाको अर्जुनधारामा खाना नपकाएको निहुँमा श्रीमानले लात्ती हान्दा श्रीमतीको मृत्यु भएको छ ।
भोजपुरको अरुण गाउँपालिका-१ घर भई अर्जुनधारा नगरपालिका-९ खरबन्दीमा वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्ने ३५ वर्षका विश्वराज घिसिङ र ३६ वर्षकी प्रमिला भुजेल घिसिङबीच खाना नपकाएको निहुँमा गएराति झगडा भएको थियो ।
झगडाको क्रममा विश्वराजले प्रमिलालाई लात्तीले पेटमा हानेका र उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनामा संलग्न विश्वराजलाई पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।






