काठमाडौँ, ६ असार । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने एलपी ग्यासमा छिट्टै दुई थरी मूल्य तोक्ने बताएका छन् ।
इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् । उनले आयल निगमले छिट्टै ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य तोकेर जाने बताए ।
औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ फरक बनाउने पनि कार्यकारी निर्देशक थानीको भनाइ छ । उनले ग्यासमा दोहोरो मूल्य कायम गर्नका लागि गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको नेतृत्वमा विज्ञ सदस्यसहितको समितिले अध्ययन गरिरहेको जानकारी दिए ।