काठमाडौं, २७ चैत । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।
पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ बढेको हो । खाना पकाउने एलपी ग्यासमा प्रतिलिटर एक सय रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार अब १४.२ केजी ग्यास प्रतिलिसिलिण्डरको मूल्य २ हजार १० रुपैयाँ पुगेको छ ।
निगमका अनुसार, पेट्रोल पहिलो वर्गको २१६.५० पैसा, दोस्रो वर्गको २१८ र तेस्रो वर्गको २१९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
त्यस्तै, डिजेल/मट्टितेल पहिलो वर्गको २०४.५० रुपैयाँ, दोस्रोको २०६ र तेस्रोको २०७ रुपैयाँ प्रतिलिटिर पुगेको छ ।
हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ६ रुपैयाँले बढेको निगमले जनाएको छ ।







