खोटाङ, १२ असोज । खोटाङमा टयाक्टरले किच्दा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बेलुका दिक्तेल बजारबाट दशैँको सामान लिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी जाँदै गरेको प्रदेश नम्बर १-०२-००३ त १४९२ नम्बरको टयाक्टरले किच्दा ५६ वर्षीय टेकबहादुर राईको मृत्यु भएको हो ।
ठयाक्टरबाट लडेर जमिनमा पुगेका राईलाई त्यही टयाक्टरले किचेको प्रहरीले जनाएको छ । राईको घटनास्थलमै ज्यान गएको थियो ।






