पोखरा, २६ असार । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा खेल चलिरहेका बेला आगलागी भएको छ ।
आइतवार खेल चलिरहेका बेला बिजुली शर्ट भएर आगलागी भएको हो ।
कभर्ड हलभित्र सिक्स ए साइड महिला तथा पुरुष हक्की खेल चलिरहेको थियो । आगलागी भएपछि खेल स्थगति भएको छ ।
पोखरा महानगरपालिकाको वारुण यन्त्रले आगो निभाएको छ । आगलागीबाट के, कति क्षति भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।