काठमाडौँ, १७ फागुन । सभामुख देवराज घिमिरेले देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिएका छन् ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले विगतमा प्रजातन्त्र र गणतन्त्रका लागि लक्ष्य बनाएर काम गरे पनि व्यवस्था परिवर्तन भएसगैँ पत्रकारिता क्षेत्रको भूमिका र जिम्मेवारी पनि फेरिएको उल्लेख गरेका हुन् ।
सभामुख घिमिरेले भने, “मुलुकको परिवर्तनमा विशिष्ट योगदान पु¥याएको पत्रकारिता क्षेत्रलाई नीतिगत र व्यवहारिकरुपमा सहयोग पु¥याएर अघि बढाउनुपर्छ, संसद् र सरकारलाई प्रभावकारी तुल्याउन पनि यस क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ ।”