Logo

खोटाङमा बस दुर्घटना हुँदा चार जना घाइते



खोटाङ, १८ मंसिर । खोटाङमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

आइतवार बिहान साकेला गाउँपालिका-४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेलका लागि छुटेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका-४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालकसहित चार जना घाइते भएका हुन् ।

ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका-३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐँसेलुखर्क गाउँपालिकाकी ईन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाइते भएका हुन् । ब्रेक पाइप फुटेपछि हावा लिक भएर बस पल्टिएको चालक सुदन विकले बताए ।

टाउको, कान लगायतका ठाउँमा चोटपटक लागेका घाइतेलाई घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्