Logo

खोटाङमा माओवादीका राईको अग्रता



फायल तस्बिर

खोटाङ, ६ मङ्सिर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत खोटाङमा मतगणना जारी छ ।

मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ले सुरुआती चरणमा अग्रता लिएका छन् । राई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री हुन् ।

मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार राति १ः३० बजेसम्म ५०० मत गणना हुँदा राईले २३६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का विशाल भट्टराईले २२४ मत प्राप्त गरेका छन् ।

यस्तै, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राईले पाँच मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी (जसपा)का डा कृष्णकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, र नेपाल मङ्गोल अर्गनाइजेसन पार्टीका दीपक मगरले दुई÷दुई मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभाको एक र प्रदेशसभा दुई क्षेत्रको मतगणना फरक–फरक स्थानमा गरिएको छ । एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ अर्थात् ४७ दशमलव १८ प्रतिशत मत खसेको छ ।(((

प्रतिक्रिया दिनुहोस्