दाङ, १९ असोज । देउखुरी उपत्यकाको अर्जुन खोलामा डुबेर मङ्गलवार दुई बालकको मृत्यु भएको छ ।
खोलामा डुबेर लमही नगरपालिका वडा नम्बर ४ अर्नवाका १० वर्षीय अजित विक र १२ वर्षीय ललित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खोलामा डुबेर अचेत भएका दुबै बालकलाई उपचारका लागि लमही अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषित गरेका थिए ।






