दोलखा, २८ साउन । दोलखामा खोलाले बगाउँदा बुबा-छोरा बेपत्ता भएका छन् ।
खोलाले बगाउँदा बिगु गाउँपालिका-७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् ।
गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए ।







