Logo

खोलाले बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान् बेपत्ता



कपिलवस्तु, १७ साउन । अविरल वर्षाले आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ ।

श्रीमान्को अवस्था अज्ञात रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुको कोइली खोलाले आज बिहान एक दम्पतीलाई बगाउँदा उनीहरु बेपत्ता भएका थिए ।

वाणगङ्गा नगरपालिका-७ बस्ने ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीया श्रीमती राममाया सुनारलाई खोला तर्ने क्रममा बगाएको थियो ।

उनीहरुसँगै बगेका १३ वर्षीय छोरा नीरज सुनारलाई भने स्थानीयवासीले उद्धार गरेका थिए । बेपत्ता राममायाको शव एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्