काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला र पुरूष खो–खो टोलीलाई फाइनल खेलको शुभकामना दिनुभएको छ ।
भारतमा जारी खो–खो विश्वकपमा नेपाली महिला र पुरुष दुवै टोली फाइनलमा पुगेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले शुभकामना दिनुभएको हो ।
नेपाली महिला टोलीले युगान्डा र पुरुष टोलीले इरानलाई सेमिफाइनलमा पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेका उहाँले उल्लेख गर्नुभयो ।
यो नेपालको खो–खो इतिहासमा ऐतिहासिक क्षण भएको उहाले बताउनुभयो ।