Logo

गगन थापाले भने, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुन्छ’



काठमाडौँ, २७ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“यो विधेयक केही दिनमा फिर्ता हुन्छ,” थापाले भने, “यस विषयमा प्रधानमन्त्रीसँग कुरा भइसकेको छ । हिजो केपीस् शर्मा ओलीले ल्याउँदा पनि त्यो अध्यादेश गलत थियो भनेर भनेका थियौं, अहिले त्यो अघि बढाउन सकिन्न, फिर्ता हुन्छ ।”

संवैधानिक परिषद सम्बन्धी विधेयकमा तीन जना सदस्यले निर्णय गर्न सक्नेगरी सरकारले विधेयक राष्ट्रियसभामा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्