Logo

गगन भन्छन्: नागरिकता विधेयकमा नभएको व्यवस्थाबारे बढी चर्चा भयो



काठमाडौँ, २ भदौ । नेपाली कांग्रेसका नेता गगन थापाले अंगीकृत नागरिकताका विषयमा विधेयकमा व्यवस्था नै नभएको विषयमा बढी चर्चा भएको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले वैवाहिक अंगीकृतको सन्दर्भमा साझा धारणा बनाउन ठिक भएको बताए ।

“वैवाहिक अंगीकृत नागरिकताका विषयमा ४० वर्षदेखि एउटा व्यवस्था छ । त्यो व्यवस्थालाई यो विधेयकले छोएको छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा पनि छोएको थिएन । यो विधेयकले व्यवस्था गरेको छैन,” उनले भने,“ त्यही विषयमा बढी चर्चा गरिरहेका छौँ । नछोएको कुरामा बहस भइरहेको छ ।”

उनले यो संसद सकिसकेपछि पनि नागरिकता विधेयक आउनैपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्