काठमाडौँ, २२ साउन । ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार पूर्व मन्त्रीहरू गच्छदार, डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको छ ।
ललिता निवासको सरकारी जग्गा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।







