Logo

गट्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन



झापा, ३२ साउन । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गट्ठाघरमा बिहीबार भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) लाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री लेखकले दुर्घटनाको कारण खोज्न आईजीपी वसन्त कुँवरलाई निर्देशन दिनुभएको हो।

गट्ठाघरमा भएको दुर्घटनाबारे दुस्ख व्यक्त गर्दै उनले भन्नुभयो,”गट्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस्”।

बिहीबार दिउँसो भक्तपुरको गट्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।

ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौँको तीनकुनेस्थित बानेश्वर प्रहरी वृत्तले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ।

प्रतिक्रिया दिनुहोस्